Aamsanchar

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट देखियाे

Author Image
शुक्रवार, पौष २३, २०७८

काठमाडौं – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको जनाएको छ। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर