Aamsanchar

एमाले झापाको १० औं अधिवेशन बिर्तामोडमा हुदै

Author Image
शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको १० औं महाधिवेशन आजबाट शुरु भएको छ । बिर्तामोडस्थित रामचोकमा शुरु भएको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । १० औं अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी छन् । अधिवेशन दुई दिनसम्म सञ्चालन हुने छ ।

अधिवेशनबाट निर्वाचित १५०, त्यसको १० प्रतिशत बराबर १५ जना र अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताका लागि थप १० प्रतिशत बराबर १५ गरेर १८० सदस्य बनाइने भएको छ । १८० मा पनि थप १ जना गरेर १८१ सदस्य जिल्ला कमिटी बनाइने बताइएको छ ।

अधिवेशन उद्घाटन सत्रमा पार्टी केन्द्रीय पदाधिकारीको समेत उपस्थिति रहेको छ । अधिवेशनमा सहभागी केन्द्रीय नेतृत्व र जिल्लाका नेतृत्वहरु बीचमा भद्र सहमतिबाटै नयाँ नेतृत्व सर्वसम्मत गर्ने चर्चा चलेको छ ।

पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अग्नि खरेल, हिक्मतकुमार कार्की, दुर्गा प्रसाई, विष्णु प्रसाई लगायतका नेता सहभगी छन् ।

Views: 451

प्रतिक्रिया (०)

सम्बन्धित खबर