Aamsanchar

मेचीनगर विपद् व्यवस्थापन समितद्वारा आगलागी पिडितहरुलाई राहत उपलब्ध गराउन पहल सुरु

Author Image
शनिवार, पौष २४, २०७८

मेचीनगर । बुधवार राति झापाको मेचीनगर– ७ आयावारीमा भएको आगलागीमा परी मृत्यु तथा घाईते भएकाहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिमको दशकर्म खर्च र राहत रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति झापालाई अनुरोध गर्नेसहित चारवटा निर्णय मेचीनगर विपद् व्यवस्थापन समितले गरेको छ ।

मेचीनगर प्रमुख विमल आचार्यको अध्यक्षतामा शनिवार सम्पन्न बैठकले आगलागीबाट प्रभावित र पिडित परिवार र घाईते परिवारलाई तत्कालका लागि राहत स्वरूप नगरपालिकाबाट खाद्यान्न उपलब्ध गराउने र थप राहतका लागि नेपाल रेडक्रस सोसाईटी झापालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

वैठकले आगलागीबाट घाईते भएर विर्तामोडको विएण्डसी र विर्तासिटी अस्पतालमा उपचार गराईरहेका तथा उपचार पश्चात् डिस्चार्ज भएका पीडितलाई सम्पुर्ण उपचार खर्च उपलब्ध गराईदिन जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराईरहेकाहरूको उपचार व्यवस्थापन नगरपालिकाले गर्ने र हाल जिल्लाका विभिन्न अस्पतालमा उपचार गराई रहेका विरामीहरूलाई थप उपचारकालागि मेची प्रादेशिक अस्पताल भद्रपुर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्थान्तरणका लागि व्यवस्था मिलाउने समेत वैठकले निर्णय गरेको बताईएको छ ।

गत पुष २१ गते मेचीनगरमा आगो निभाउदा १ को मृत्यु १२ जना घाईते भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)