Aamsanchar

सिभांस स्मृति प्रतिष्ठानद्वारा ३३४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Author Image
आइतवार, पौष २५, २०७८

लालपानी । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित सिभांस स्मृति प्रतिष्ठानले झापाको लालपानी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन्नरत विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ मा रहेको लालपानी माध्यमिक विद्यालयको प्रा.वि. तहमा अध्यन गर्ने तिन सय ३४ जना विद्यार्थीहरुलाई आइतबार (आज) एक कार्यक्रमबीच न्यानो कपडा (स्वीटर) वितरण गरिएको हो ।

२०७० सालमा जन्मिएर १० महिनाकै उमेरमा निधन भएका सिभांस बिमलीको परिवारले १० लाख रुपैयाँको अक्षय कोष स्थापनागरी समाज प्रति केही सेवा गर्ने हेतुले विद्यालयहरुमा पुगेर शैक्षिक सहयोग वितरण गर्दै आएको प्रतिष्ठानका सदस्य केशवप्रसाद ओझाले जानकारी दिए । लालपानी माध्यमिक बिद्यालयमा अधिकांश विद्यार्थी विपन्न लक्षित वर्ग समुदायका अध्ययन गर्छन् ।

झापा विर्तामोड घर भई हाल डेनमार्क बस्ने स्व. सिभांसका बुवा नविन विमली र आमा राधा विमलीले छोरोको स्मृतिमा स्थापना गरेको अक्षयकोष मार्फत २०७१ सालबाट सामुदायिक विद्यालयका छात्र÷छात्राहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्नेकार्य सुरु गरेको हो । हरेक बर्ष स्मृति दिवको दिन अर्थात पुष २५ गते फरक फरक विद्यालयहरुमा गएर प्रतिष्ठानले विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्दै आएको छ । यस अघी कनकाई–८, लक्ष्मीपुरमा रहेको हिमाली माध्यमिक विद्यालयमा जिल्ला भरीका दृष्टि विहिनहरुलाई आवश्यक सामग्री वितरण, हिमालीमै बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अर्को दुई बर्र्ष गरी ४ पटक शैक्षिक सामग्री वितरण भएको थियो । त्यैगरी झापा गाउँपालिको मदरगाछमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा एक पटक र यस बर्ष सिभांसको सातौं स्मृति तिथिको दिन लालपानी मा.वि का विद्यार्थीलाई स्कुल स्विटर प्रदान गरिएको प्रतिष्ठानका सदस्य प्रविण विमलीले बताए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु अर्पना विमली, रविन विमली, पुनम विमली, सिजन विमली, सदिक्षा विमली, समिर विमली, नन्दमणी विमली, कमला ओझा, लक्ष्मी चौलागाईं, श्रीकृष्ण चौलागाईं, लक्ष्मण पराजुली, राम पराजुली, शिव पराजुली, नविन पराजुली, सवी जोशी, कुन्दन जोशी लगायतले एक लाख ४८ हजार रुपियाँ बराबरको न्यानो कपडा वितरण गरिएको बताईएको छ । कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य केशवप्रसाद ओझाले गरेका थिए ।

प्रतिष्ठानले आगामी बर्षबाट कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । आउदो बर्ष देखि सामुदायिक विद्यालयबाट कक्षा १२ बाट जिल्ला उत्कृष्ट हुने दुईजना छात्र/छात्रालाई नगदद्वारा प्रोत्साहन गर्ने, त्यसैगरी पालिका स्थरिय कक्षा ८ र कक्षा ५ बाट सर्वोकृष्ट अंक ल्याएर उत्रिण हुने दुई जना छात्र र दुईजना छात्रालाई पनि नगदसहित प्रोत्साहित गर्ने प्रतिष्ठानका अध्यक्ष नविन विमलीले बताए । कति रकम प्रदान गरिने भन्नेबारे खुलाइएको छैन् । हाल १० लाख रहेको कोषलाई २० लाख पुर्याउने लक्ष पनि प्रतिष्ठानले लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)