Aamsanchar

रोटरी क्लव सुरुंगाद्वारा भृकुटीका १ सय ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Author Image
आइतवार, पौष २५, २०७८

दुर्गापुर ।  जाडो र सितलहर बढै संगै रोटरि क्लब अफ सुरुंगाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ सय ८० जना  विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।
आइतबार (आज) कनकाई नगरपालिका–७, दुर्गापुरमा रहेको श्री भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए ।

सुगम क्षेत्रमा रहेको विद्यालय भएपनि उक्त विद्यालयमा गरिव, मजदुर सिमान्तकृत समुदायका बालबालिकाहरु धेरै अध्ययन गर्ने गरेका छन् । आवस्यकता र प्रार्थमिकताको आधारमा विद्यालयले छनौट गरेका विद्यार्थीहरुलाई रोटरियनहरु न्यानो कपडा  वितरण गरेको विद्यालयका प्रधानाध्यापक चण्डिका शर्माले बताए ।

क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा स्वागत विद्यालयका सह–प्रधानाध्यापक कुमार खरेल र कार्यक्रमको संचालन रोटरियन शरला दाहाल पोखरेलले गरेकी थिइन् । रोटरीले दुईदिन अघी अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारलाई २५ थान सिरकसहित ३५ हजार बराबरको विविध सामाग्री वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)