Aamsanchar

नेपालमा तिन हजार ७५ जनामा कोरोना पुष्टि

Author Image
बुधवार, पौष २८, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।

यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर