Aamsanchar

नोबेल अतिरिक्त शुल्क प्रकरण :  विद्यार्थीहरुले गरे सिडिओ कार्यालय घेराउ

Author Image
बुधवार, पौष २८, २०७८

विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । बुधबार नोवेल मेडिकल कलेजमा चर्को नाराबाजी पश्चात अपरान्ह २ बजे उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । उनीहरु १ घण्टा धर्ना समेत बसेका थिए । कलेजले आयोगद्वारा शिक्षण शुल्क मात्र लिन पाउने, निर्धारित शिक्षण शुल्कमै पठनपाठन पुनः सुचारु हुनुपर्ने र होस्टेल शुल्क नियमसम्मत हुनुपर्ने उनीहरुको माग छ । विद्यार्थीहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।
यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्र्डौ विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्टे«शन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ । सोही विरुद्ध पौषको पहिलो हप्तादेखि संयुक्त विद्यार्थी संगठनको ऐक्यबद्धता सहित नोबेलको एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरु निरन्तर आन्दोलनमा छन् । तर, कलेजले हालसम्म उनीहरुको माग सुनुवाई नभएकोमा विद्यार्थीहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 587

प्रतिक्रिया (०)

सम्बन्धित खबर