कालीकोट – कालीकाेटमा बैंक जाँदै गरेकी पलाँता गाउँपालिका ३ की एक वृद्धाकाे बाटाेमै ज्यान गएकाे छ । सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंक खाता खाेल्न हिँडेकी राजपुरा बमको पलाँता २ को सैन भन्ने ठाउँमा ज्यान गएकाे स्थानीयवासी बिस्न बहादुर बमले बताउनुभयो ।
सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिने गरेपछि दुर्गम जिल्लाका स्थानीयवासीलाई सास्ती भएको छ । वृद्धवृद्धालाई बैंकसम्म जान कठिन हुने गरेको छ ।
कर्णालीका दुर्गम जिल्लामा सामाजिक सुरक्षा भत्ता लिनकै लागि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 64