

कनकाई । झापाको कनकाई नगरपालिका –८ शितलचौककी ११ वर्षिया स्मारिका गुरागाईंको आवाजमा रहेको एउटा व्यक्ति असल भए भन्ने वोलको गीत तथा म्यूजिक भिडियोको विमोचन गरिएको छ ।

लेखनाथ गुरागाईंको शव्द, मणी वर्देवाको संगीत, रोषन मिश्रको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा स्मारिका गुरागाईं, रत्ना खड्का, अनिता राई, सुजना संग्रौला , निर्मला खड्का पौडेललगायतको अभिनय रहेको छ ।

अवार्ड कलाकेन्द्र कनकाई–८ लक्ष्मीपूरको प्रस्तुति रहेको म्यूजिक भिडियोको छायाङ्कन युनिक कलाकेन्द्र चारआलीका सुवास लिम्वू र रोहित लाम्गादेले गरेका हुन् ।


कार्यक्रमको सञ्चालन बालगायिका गुरागाईंका पिता तथा देवकोटा एजुकेशन फाउण्डेशनका प्रिन्सिपल लेखनाथ गुरागाईंले गरेका थिए ।
भिडियो हेर्नुहोस् ।
Views: 905

