Aamsanchar

प्रधानमन्त्री कप टि-२० कप क्रिकेट : पुलिस र प्रदेश १ बीचको खेल स्थगित

Author Image
शनिवार, माघ १, २०७८

काठमाडौं –प्रधानमन्त्री कप टि-२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो। प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो।

कोरोना परीक्षणपछि मात्र उक्त खेलबारे थप निर्णय गरिने जनाइएको छ। समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै ६ अंकका साथमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

प्रदेश १ ले भने केवल दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर