Aamsanchar

वीरता जेसीजको ४१ औं पद हस्तान्तरण, जेसी र पत्रकार सम्मानित

Author Image
आइतवार, माघ २, २०७८

बर्ष २०२१ का अध्यक्ष राजिव धिमाल ( खैरो कोट ) ले बर्ष २०२२ का अध्यक्ष प्रविण खड्कालाई अध्यक्ष चेन हस्तान्तरण गरेपछिको तस्वीर ।

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको ४१ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४१ औं साधारण सभा तथा शाखा अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२२ का अध्यक्ष प्रविण खड्काको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।

वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत मिजास पोखरेलले सन् २०२२ का अध्यक्ष प्रविण खड्कासहित नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।

अध्यक्ष प्रविण खड्का कार्यसमिति पदाधिकारीहरुलाई सफल ग्रहण गराउदै ।

वीरता जेसीजको ४१ औं साधारण सभा तथा शाखा अधिवेसनबाट सन् २०२२ को अध्यक्षमा प्रविण खड्का, कार्यकारीणि उपाध्यक्षमा कुशल खतिवडा र युवराज कुँवर , उपाध्यक्षमा बशन्त ढकाल, दीपेन धिमाल, प्रभास थापामगर र दिपक शाह , जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल , संयुक्त सचिवमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा सुरज चौधरी , तालिम संयोजकमा जनक खड्का सर्वसम्मत निर्वाचित भएका थिए ।

सन् २०२२ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष खड्काले महासचिवमा टीकाराम खतिवडा ,कानूनी सल्लाहकारमा प्रकाश सुवेदी , कोषाध्यक्षमा दिवाकरलाल चौधरी, सह कोषाध्यक्षमा प्रभात मास्केलाई मनोनित गरेका थिए ।

प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापालाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष खड्का ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत मिजाश पोखरेलले सन् २०२२ का अध्यक्ष प्रविण खड्कालाई शपथ ग्रहण गराएका थिए भने सन् २०२१ का अध्यक्ष खड्काले निर्वाचित तथा मनोनयन गरिएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष पोखरेललाई भूतपूर्व अध्यक्ष क्लवमा पदस्थापन गरिएको थियो भने सन् २०२१ का अध्यक्ष राजीव धिमाललाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो ।

वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाली काँग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्तर शाखा संयोजक तथा कार्यक्रम संयोजक जेसीआई सिनेटर जीवन खड्काले स्वागत गरेका थिए ।

वीरता जेसीजका संयुक्त सचिव टीकाराम खतिवडाले आस्था वाचन गरेको कार्यक्रममा खेलकुद संयोजक दिपेन धिमालले जेसीआई मिसन भिजन र थिम वाचन गरेका थिए ।

कार्यक्रममा झापा टुडेका सम्पादक हिमाल खरेललाई स्व.मदन ढकाल उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार दाता सृजन ढकाल र प्रमुख अतिथि थापाले पत्रकार खरेललाई प्रदान गरेका थिए ।

स्व.मदन ढकाल उत्कृष्ट पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार हिमाल खरेल, प्रदान गर्दै प्रमुख अतिथि उद्धव थापा साथमा पुरस्कार दाता सृजन ढकाल ।

त्यसैगरी स्व.दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापालाई प्रदान गरिएको थियो । त्यस्तै दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार जनसम्पर्क अधिकारी अनन्तलाल महतोलाई पुरस्कारका संस्थापक मानार्थ सदस्य वशन्त रिमालले प्रदान गरेका थिए ।

कार्यक्रममा वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालले मेची –महाकाली साइकल यात्री अभिषेक धमलालाई सम्मान गरेका थिए भने स्वास्थ्य संयोजक घनश्याम चौधरी, अन्तर शाखा संयोजक तथा कार्यक्रम संयोजक जेसीआई सिनेटर जीवन खड्का, महासचिव लोकचन्द्र श्रेष्ठ(एलसी)लाई उत्कृट जेसीको सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालले १५ जना संयोजकहरुलाई कदर पत्र प्रदान गरेका थिए भने सहयोगी दाताहरुलाई धन्यवाद पत्र प्रदान गरेका थिए ।

दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार ग्रहण गर्दै जेसी अनन्तलाल महतो, प्रदान गर्दै पुरस्कार दाता वशन्त रिमाल र प्रमुख अतिथि थापा ।

सोही कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसीआई सिनेटर विनोद वस्नेतले अन्तर शाखा संयोजक जीवन खड्का र पूर्व अध्यक्ष विशाल थापालाई जेसीआई सिनेटरसिपको पिन प्रदान गरेका थिए ।

कार्यक्रममा वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालले अध्यक्ष्यीय मन्तव्य राख्दै आफ्नो कार्यकालमा वीरता जेसीजले रचनात्मक कार्य गरी नेपाल जेसीजबाट तथा दुबईबाट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्रापत गर्न सफल भएको जानकारी गराउँदै सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष जेसीआई सिनेटर विनोद वस्नेत नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डे, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविण खड्काले आफ्नो कार्यकालमा वीरता जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको सञ्चालन वीरता जेसीज सन् २०२१का महासचिव लोकचन्द्र श्रेष्ठ(एलसी) र वीरता जेसीज सन् २०२२ का महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर