Aamsanchar

दाउराले टाउकोमा प्रहार गरि छिमेकीको हत्या गर्ने पक्राउ

Author Image
सोमवार, माघ ३, २०७८

झापा – सोलुखुम्बु माप्य दुधकोशी गाउँदपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ बर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर