काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ । अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।
प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् । नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।
अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 456