Aamsanchar

हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउँछौं : प्रदेश नं.१ का मुख्यमन्त्री राई

Author Image
मङ्गलवार, माघ ४, २०७८

प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नाम प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए । मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने बताए ।  संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारे ।

Views: 644

प्रतिक्रिया (०)

सम्बन्धित खबर