मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक प्रेम बढेर जानेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।ं
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाईबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।ं
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघी बढ्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
(ज्यो.प. नारायणप्रसाद दुलाल)