बिर्तामोड-बिर्तामोडको पश्चिम बस स्टेनमा पेसर कुकर बम जस्तो देखिने संकास्पद वस्तु सेनाले डिस्पोज गरेकाे छ। आइतबार विहान स्थानीयले संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुरोधमा नेपाली सेनाको चारआली स्थित नयाँ श्री नाथ गणबाट बम डिस्पोजल टोलीले २ सय मिटर पर लगेर डिस्पोज गरेकाे हाे ।

गणका प्रमुख सेनानी अमरजंग थापाले भने , “पेसर कुकरमा बिस्पोटक पदार्थ भेटिएको छैन । तर्साउनलाई तारहरु जोडिएर मात्र राखेको जस्तो देखिन्छ । यो होक्स हो ।”

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार संकास्पद वस्तु भेटिएको ठाउँमा हिमाल सूरक्षा परिषद नेपालको पर्चा भेटिएको छ ।
Views: 822

