काठमाडौं : नेपालमा थप २८ जनामा कोरोना भाइरस संक्रमणको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ३२ नमुनामध्ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।
त्यस्तै, बाँकी चार नमुनामा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ।
आइतबार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८.२ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजेटिभ फेला परेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 49