Aamsanchar

दाङ कारागारका फरार नाईने यमराज पक्राउ

Author Image
सोमवार, माघ १०, २०७८

दाङ । जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तब्य ज्यान मुद्धामा २० बर्ष सजाय भोग्दै आउने क्रममा ७ बर्ष कैद भुक्तान गरिसके पछि फरार बनेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही कारगारमा पहिला चौकीदार र हाल नाईके भएर कामकाज गर्दै आएका परियार छाला सम्वन्धी उपचार गराउन भनेर अस्पताल जाने क्रममा माघ ८ गते बिहान ११ बजे घोराही विपी चोकमा रहेको थकाली भान्छा घर एण्ड लजमा खाजा खान भनेर गएको वेला अस्पलाल लान–ल्याउन खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार बनेका यमराज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा गठित ‘अप्रेसन यान्की’, प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा, भारतीय प्रहरी समकक्षी संगको समन्वयनमा खोज तलास गर्दा नेपाल भारत सिमा क्षेत्र नेपाल तर्फको बाँके नेपालगंज उप–महानगरपालिका–१५ जमुना नाकाबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर