Aamsanchar

तारादेवीको १६ औं पुण्य स्मृति दिवस मनाइयो

Author Image
सोमवार, माघ १०, २०७८

काठमाडौँ । गायिका तारादेवीको १६ औं पुण्य स्मृति मनाइएको छ । तारादेवी स्मृति फाउण्डेशनको आयोजना र काठमाडौँ महानगरपालिकाको र म्युजीक नेपालको सहकार्यमा “सम्झनामा तारा देवी ’’ सांगितिक कार्यक्रम गरेर मनाइएको हो ।

कार्यक्रममा एक दर्जन भन्दा बढी वाद्यवादक समूहको प्रस्तुती र गायक गायिकाले तारा देवीद्वारा स्वरबद्ध गीत गाएका थिए ।

गायिका गीता पाण्डेले राष्ट्रकबि माधव घिमिरेको शब्द तथा नातिकाजीको संगीत तथा शुभ बहादुर सुनामको संगीत संयोजक रहेको गीत ‘फूलको थुँगा।।।’गीत प्रस्तुत गरेकी थिइन् । स्वर किन्नरी तारादेवीको बायोपिक आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

यस्तै प्राश्ना शाक्यले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको “ उकाली ओरालीहरुमा ” बोलको गीत गाउदा माहोल निकै तताइन्। प्रस्तुतिकै क्रममा जीना रसाईलीले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘ आमा भएर बाँची हेर ’ प्रस्तुत गर्दा माहोल निकै जमेको थियो ।

कार्यक्रममा पाँच वटा युगल प्रस्तुति गरिएको थियो जसमा माननीय रामबिर मानन्धरले गायिका गीता पाण्डे संग ुमुश्कानका लहरहरुु साथै गायिका प्राश्ना शाक्य संग ुतिम्रो नाम अझै छ ओठमाु युगल गीत प्रस्तुत गर्दा तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो।

यस्तै गायिका सरस्वती मानन्धर ,लजना मानन्धर, रेकिषा के।सी ,पुष्मा नेपाली साथै गायक सुरेश मानन्धर,धर्म रत्न मानन्धर,किशोर बिश्वकर्मा लगायतको प्रस्तुतिमा दर्शक अझै रमाएका थिए।

कार्यक्रममा रचनाकार किरण खरेल,चादनी शाह,रत्न शम्सेर थापा,चेतन कार्की लगायत संगीतकार नातिकाजी,गोपाल योञ्जन,शुभ बहादुर सुनाम , शिव शंकर तथा अम्बर गुरुङका गीतहरु कार्यक्रममा गुन्जिए।

काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा गीत संगीत लाई सधै महानगरपालिका सहयोग गर्ने बाचा गरे। यस्तै फाउण्डेशनका अध्यक्ष दीपक के।सीले काठमाडौँ महानगरपालिका संग मिलेर आगामी वर्ष फाउण्डेशनलाई घर बनाउन सहयोग गर्न आग्रह गरे ।

कार्यक्रम अष्टनारायण पीक्चार सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजनागरी समापन गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर