Aamsanchar

सोलुखुम्बुमा अलैँची उत्पादन घट्याे

Author Image
मङ्गलवार, माघ ११, २०७८

सोलुखुम्बु – सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।

अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अलैँचीले सामन्यतया ३/४ वर्षसम्म राम्रो उत्पादन दिने भए पनि ८/१० वर्ष पुरानो बोटहरु धेरै हुँदा पनि भनेजस्तो उत्पादन हुँदैन । अलैँचीलाई ४/५ वर्षपछि पुरानो बोटलाई मासेर नयाँ विरुवा लगाउनुपर्ने भए पनि मूल्य घटेकाले कृषकहरुले यसको खेतीमा ध्यान नदिएको सूचना अधिकारी राईको भनाइ छ । मूल्य घटेसँगै पुरानो बोट मासेर नयाँ विरुवा लगाउनमा कृषकहरु अग्रसर नदेखिएकाले वर्षेनी उत्पादन घटने क्रममा रहेको उहाँको भनाई छ ।

जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अधेरी लगायतका क्षेत्रमा व्यावसायिक रुपमा अलैँची खेती हुने गरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेल लगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो । विगतमा अलैँचीको मूल्य बढ्दा हौसिएका कृषकहरु पछिल्लो समय निरास  भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 479

प्रतिक्रिया (०)

सम्बन्धित खबर