मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कामको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।
बृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ । केहि अधुरो काम सम्पन्न हुने दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलश्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन मनोरञ्जनपूर्ण रहनेछ । रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोगिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पाइनेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ । परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्नेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
सोचे अनुसार काम बन्न कठिन छ । मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।