

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुने छ ।
कार्यसम्पादन समिति गठन हुँदै
केही दिनअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच खड्का निवासमा छलफल भएको थियो । पार्टीलाई सुरुबाटै विधानसम्मत सञ्चालन गर्नुपर्ने पक्षमा रहेका यी तीनबीच कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।

Views: 292

