Aamsanchar

‘अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन्’

Author Image
आइतवार, माघ १६, २०७८

कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।

‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।

मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरुका आधारमा भ्रमजन्य मान्यता समाजमा प¥यो । शदियौंदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रुपमा लियो । कुष्ठ रोगीहरुलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरु पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरु फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरुको विभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरु अझै पनि समाजमा सुनिन्छन् ।

कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।

कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर/वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।

यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।

पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।

आज ६९ औं विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर ¥याली प्रदर्शन गरिँदैछ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।

वर्ष २०२२ को यस दिवसको नारा चाँही ग्लष्तभम ायच म्ष्नलष्तथु हो , स्वाभिमानका लागि एकता अर्थ लाग्ने यस नाराले कुष्ठरोगीहरुको स्वाभिमान र समानता अनि समता तिनवटै कुराहरुको पैरवी गर्दछ । ु
कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिँदैछ । स्कूलहरुमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् ।

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।

यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।

कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्यार्इँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।

कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।

नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।

मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर