Aamsanchar

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित 

Author Image
आइतवार, माघ १६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई निष्कासित गरिएको नेकपाले जनाएको छ।

उनी निष्कासित भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको छ। कट्टेलमाथि पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ मा छानबिन समिति गठन गरिएको थियो।

तर, छानबिन समितिले ७ माघमा सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासित गरिएको नेकपाले जनाएको छ। कारबाहीमा परेका अध्यक्ष कट्टेलले आफूलाई पार्टीको एक गुटले कारबाहीको विज्ञप्ति जारी गरेको बताए।

Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर