Aamsanchar

विनाकसुर भारतिय जेलमा ४१ वर्ष बिताएका दुर्गाप्रसादकी आमाकाे निधन

Author Image
आइतवार, माघ १६, २०७८

काठमाडौं –भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन भएको छ । उमेरले ८७ वर्ष पुगिसकेकी धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले बताए ।

इलामको माई नगरपालिका–१० लुम्बाकस्थित गाउँमा ४१ वर्षपछि छोरोलाई देख्दा ८ चैत २०७७ मा उनी प्रसन्‍न थिइन् । छोरालाई चार दशकपछि भेट्दा उनी बोल्न सकेकी थिइनन् । टोलाइरहेका दुर्गाप्रसादलाई केहीबेर उनले मिठाइ खुवाइदिन खोजेकी थिइन् ।घरमा आइपुगेका छोरासँग उनले यत्रो वर्ष कसरी बितायौं भनेर सोध्ने इच्छा रहेको बताएकी बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘तर के सोध्नू, बोल्न त सक्दो रहेनछ ।’ दुर्गाप्रसाद पूर्णरुपमा स्वस्थ हुन नपाउँदै उनले अहिले प्राण त्यागेकी छन् ।छोरालाई पहिलो पटक देख्दा आफूलाई लागेको कुरा सुनाउँदै उनले भनेकी थिइन्, ‘सुरुमा त झण्डै चिनिन पो फोक्से मासु लागेर बिग्रिएछ ।’चार दशकअघिको कुरा उनले गत वर्ष सहजै स्मरण गरेकी थिइन् । ‘तोरी टिपेर बेच्न मंगलबारे जान्छु भनेर हिंडेको थियो’ उनले सुनाएकी थिइन्, ‘खै.. २०÷२५ रुपैयाँ पाएछ, त्यही लिएर कहाँ गयो, गयो ।’उनकाअनुसार २०२४ सालमा श्रीमानको मृत्यु भयो, दुर्घटनामा परेर उनको पनि हात काट्नुपर्‍यो। त्यसपछि परिवारको जिम्मेवारी दुर्गाप्रसादको काँधमा आइपुग्यो । त्यसपछि दुर्गाप्रसादले ‘यहाँ दुःख हुन्छ, कमाएर ल्याउँछु’ भन्ने गरेको धनमाया सम्झिन्छिन् ।

दुर्गाप्रसाद चाहिँ काम खोज्दै दार्जिलिङ गएका थिए । त्यहीँ उनी हत्या अभियोगमा पक्राउ परे । तर उनको पक्षमा बहस गरिदिने कोही नहुँदा उनको मानसिक अवस्था पनि कमजोर बन्दै गयो र लामो समयसम्म उनको मुद्दामा सुनुवाई हुन सकेको थिएन ।

पछि एक जना कैदीले दुर्गाप्रसाद लामो समयदेखि त्यहाँ भारतको दमदम केन्द्रीय कारागारमा रहेको भन्दै वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेपछि यो घटना बाहिर आएको थियो।

आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

बिना सुनुवाई उनलाई लामो समय कारागारमा राखिएको भन्दै उच्च अदालत कोलकाताले २३ मंसीरमा उनलाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले दुर्गाप्रसादको बैंक खाता नभए नजिकको व्यक्तिको खातामा रकम जम्मा गर्न भनेको थियो । दुर्गाप्रसादको उपचारसम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रदेश १ सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)