Aamsanchar

कृपालाई जिताउन नागरिक स्तरबाट २० लाख माथी सहयोग

Author Image
आइतवार, माघ १६, २०७८

बिर्तामोड । लोकप्रिय नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटल च्याम्प्सको फाईनलमा पुगेकी झापा विर्तामोड–२, चारपानेकी कृपा पौडेललाई जिताउन जनस्तरबाट वृहत समर्थनसहित आर्थिक सहयोग जुट्न थालेको छ ।

कृपा जिताउ अभियानले केही दिन देखि भोट अपील गर्दै आएको छ । अद्भूत गायन प्रतिभाकी धनी कृपालाई भोट गर्नका लागि स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले कृपालाई भोट गर्न भनेर हाल सम्म २० लाख भन्दा धेरै सहयोग प्राप्त भएको कृपाका बुवा कुमार पौडेलले बताए ।

यतीवेला कृपालाई जिताउन अभियान लगायत स्थानिय रामचोक युवा समूह, रामचोक बुहारी समूह सक्रिय रुपमा लागिपरिरहेका छन् । पछिल्लो दिनमा रामचोक युवा र बुहारी समूहको संयुक्त प्रयासमा स्थानिय व्यक्ती, व्यवसायिक प्रतिष्ठान र विदेशमा रहने नेपालीहरुबाट गरि ५ लाख ६७ हजार  त्यसैगरी विर्तामोड–२ स्थित समृद्धि टोलवासी र देवी संग्रौलाको सक्रियतामा ११ लाख ८९ हजार रुपियाँ प्राप्त भएको कुमार पौडेलले बताए ।

विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेकी कृपालाई जिताउन प्रचार प्रसारलाई तिब्र पारिएको छ । ठाउँ ठाउँमा पोस्टर पर्चा टास्ने देखि माईकिङ गर्ने काम पनि सुरु गरिएको छ ।

सामान्य वर्गको परिवारमा हुर्केकी कृपालाई फाईनल सम्मको यात्रा सम्म पुर्याउन जनसमर्थको साथ रहेको थियो । अब विजेता बनाउन पनि नागरिक स्थरबाटैे सहयोग हुनेमा कृपा आशावादी रहेकी छन् । वाल गायिका पौडेल भन्छिन् ‘मलाई भोट दिएर साथ दिनुहोस् म तन मन दिएर नेपाली सांगितिक क्षेत्रको उचाईलाई अझ माथी उठाउदै देश र समाजको लागि केही गरेर देखाउने छु ।’

शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी टिभीबाट प्रसारण भइरहेको ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विजेता बनाउन मोबाइलको म्यासेज बक्समा गएर एसजिएमपी स्पेस ०९ टाइप गरेर ३३००१ मा पठाउनुपर्ने छ । त्यस्तै, मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिनेछ । भोट यही माघ २२ गते राति ९ बजेसम्म गर्न सकिनेछ । कृपाले हरेक एपिसोडमा निर्णायक न्ह्युु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा र १५ जना ग्रान्ड जुरी मेम्बरको मन जित्दै आएकी छन् । हरेक इपीसोडमा दर्शक तथा श्रोताको मन समेत जितिरहेकी छिन् ।

मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लासमा संगीत सिक्दै गरेकी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर