Aamsanchar

कानपुरमा बसको ठक्करबाट ६ जनाको मृत्यु

Author Image
सोमवार, माघ १७, २०७८

काठमाडौं –भारतको कानपुरमा एउटा तीव गतिको इलेक्ट्रिक बसको ठक्करबाट कम्तीमा ६ जनाको मृत्यु भएको छ।  गएराति उत्तर प्रदेशको कानपुरस्थित टाटमिल चोकमा तीव्र गतिमा रहेको बसले कयौँ कार, मोटरसाइकल र पैदल यात्रुलाई ठक्कर दिएको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनामा अरु १० जना गम्भीर घाइते भएका छन्। कानपुर अस्पतालमा भर्ना गरिएका अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार झकरकटी बसपार्कतर्फ तीव्र गतिमा गएको बस ट्राफिक आइसल्याण्डसमेत भत्काएर पैदलयात्रुमाथि चढेको थियो।

कानपुरमा यसै जनवरीमा पहिलोपटक सुरु भएको इलेक्ट्रिक बसले ठक्कर दिएको हो। घटनापछि बस चालक फरार रहेकाले दुर्घटनाका कारण पत्ता नलागेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर