Aamsanchar

राष्ट्रियसभा सदस्य बस्नेतलाई ४० भन्दा धेरै संस्थाद्वारा बधाई तथा सम्मान

Author Image
मङ्गलवार, माघ १८, २०७८

बिर्तामोड । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका गोपालकुमार बस्नेतलाई विर्तामोडमा दर्जनौं संघ संस्थाहरुले बधाई तथा सम्मान ज्ञापन गरेका छन् ।
आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा, स्थानिय सामाजिक संस्था तथा नागरिक क्षेत्रबाटबाट बधाई तथा सम्मान गरिएको हो ।

सांसद बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय पूर्व अध्यक्ष अनिल भेटुवाल सभाध्यक्ष शिवाकोटी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेललगायतले सम्मान–पत्रले सम्मान गरेका थिए ।

निष्ठाको राजनीति संगैं नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित भए वापत तत्कालिन सरकारबाट नजरबन्द, निर्वासनको सजाय भोगेर पनि त्यही यात्रामा अविराम अविचलित रहेर चेतनाको यात्रा गर्दै मुलुकलाई प्रजातान्त्रिक आन्दोलनबाट नयाँ युगमा प्रवेश गराउन योगदान पुर्याए वापत सम्मान गरिएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव कुमारमणी पोखरेलले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश सदस्य कुमार भट्टराईले स्वागत गरेको कार्यक्रममा सम्मानपत्र वाचन पत्रकार लक्ष्मण ढकालले गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

सम्मान गर्ने संस्थाहरुमा नेपाल जेसीज, डेमोक्रेट लयर एशोसियसन झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, नेपाल उद्योग बाणिज्य संघ प्रदेश १, एकका लागि एक अभियान, इलाम–झापा मैत्री समाज, नेपाल पत्रकार महासंघ झापा, प्याव्सन, एन प्याव्सन झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, नेपाल परिवार नियोजन संघ, झापा गोल्डकप, नेपाल अलैंची व्यवसायी महासंघ, युनिकम नेपाल, निर्माण व्यवसायी संघ झापा, चेम्बर अफ कमर्स झापा, सहारा नेपाल, सिके चिन्तन प्रतिष्ठान, नेपाल उद्यमशिल महिला संघ, कनकाई उद्योग बाणिज्य संघ, साहित्य चौतारी, जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान, रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ मिट टाउन, बिर्तामोड खानेपानी संस्था, नेपाल रेडक्रम उपशाखा बिर्तामोड, मेची उद्योग बाणिज्य संघ,अर्जुनधारा जलेश्वरधाम, वीरता जेसीज, वीरता लेडी जेसीज, संवाद समूह झापा, नबोल्ने बा स्मृति प्रतिष्ठान, रोटरी क्लव अफ सुरंगा, लगायत ४० भन्दा बढी संघ संस्थाहरुले एक समारोहका बिच बस्नेतलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 654

प्रतिक्रिया (०)

सम्बन्धित खबर