Aamsanchar

घरमा आगलागी हुँदा ७० वर्षीय वृद्धको जलेर मृत्यु

Author Image
मङ्गलवार, माघ १८, २०७८

कञ्चनपुर : घरमा लागेको आगलागीमा परी भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ।

चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘चिसो छल्नका लागि गोठमा बालेको आगो घरमा सल्किएको रहेछ‚’ शाहले भने‚ ‘त्यसमै परेर बृद्धको मृत्य भयो।’ परिवारका अन्य सदस्य भने सुरक्षित रहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर