Aamsanchar

बिजुलीको तार खस्दा कम्तिमा २६ जनाको मृत्यु

Author Image
बिहिवार, माघ २०, २०७८

प्रतिकात्मक तस्वीर ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ । बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन । तर एक विज्ञप्तिमा कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तारको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो ।

 

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर