Aamsanchar

बस र ट्रकमा आगोलागी हुँदा ३ जनाको मृत्यु, २७ जना घाईते

Author Image
शनिवार, माघ २२, २०७८

प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

सुनसरी । सुनसरी भोक्राहा नरसिहं गाऊपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेका छन् भने घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हिजो राती साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना।८।ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो । आगोलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा हिजो राती ९ बजे नियन्त्रणमा आएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Views: 669

प्रतिक्रिया (०)

सम्बन्धित खबर