Aamsanchar

देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण

Author Image
शनिवार, माघ २२, २०७८

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १ हजार ७१४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार ८ हजार ५१३ जनामा गरिएको परीक्षणमा १ हजार ७१४ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज ४ हजार ७७१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा संक्रमणमुक्त हुनेदर ९३ प्रतिशत रहेको छ।

Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर