Aamsanchar

प्रदेश १ का मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर १३ पुर्‍याइयाे

Author Image
आइतवार, माघ २३, २०७८

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज आइतवार नियुक्त भएका आठ मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गरेका छन् ।

प्रदेश १ मा मन्त्रालयको सङ्ख्या सातबाट बढाएर १३ पुर्‍याइएकाे छ भने एक राज्यमन्त्रीसहित प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई– खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, झलकबहादुर मगर– कृषि मन्त्री, राजन राई– सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री हुनुहुन्छ ।

यस्तै यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र घिमिरे, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिनुभएको छ ।

दलहरूबीच भागबन्डा मिलाउन मन्त्रालयको सङ्ख्या बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर