Aamsanchar

थापाले उठाएको विषयमा छलफल भइरहेको छ : राजेन्द्र लिङ्देन

Author Image
आइतवार, माघ २३, २०७८

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।

हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताए ।‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन,’ उनले भनेका छन्, ‘निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविश्यमै टुंगोमा पुर्‍याउँछौं ।’राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’लिङ्देनले हालै मात्र २४ जना पदाधिकारी मनोनित गरेका थिए । उनीहरुमध्ये केही उपत्यका बाहिर भएकाले आइताबार उपस्थित थिएनन् ।

Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर