Aamsanchar

अपहरणमा परेको भनेर अफवाह फैलाउने एक वक्ति पक्राउ

Author Image
सोमवार, माघ २४, २०७८

दाङ । अपहरणको अफवाह फैलाएको आरोपमा दाङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–४ का ४० बर्षे खिमबहादुर वली रहेका छन् ।

वलीले गत २२ गते राती १० बजे तुलसीपुर–५ एकान्त होटलमा माधकपदार्थ सेवन गरेर मलाई चारजनाले अपहरण गरेर जंगल तिर लगेको भनेर ९८६०२५४६०७ नम्बरबाट प्रहरीलाई झुटा सुचना दिएको प्रहरी कार्यलय दाङले जनाएको छ ।

प्रहरीे सुचनाको आधारमा अपहरित भनिएका वलीको खोजीकार्यमा लागेको थियो । खोज्दै बुझदै जादाँ २३ गते तुलसीपुर–३ दमारगाउँमा फोन गर्ने वली सकुशल फेला परेपछि अपहरणमा परेको भन्ने कुरा झुटा सावित भएको दाङ प्रहरीका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । रिजालका अनुसार झुटा सुचना दिने वलीलाई प्रचलित कानुन बमोजिम कार्वाही हुने र उनमाथी थप अनुसन्धान भईरहेको छ ।

Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर