Aamsanchar

ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

Author Image
सोमवार, माघ २४, २०७८

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ ।

आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर