Aamsanchar

आजको मौसमबारे जानकारी (२०७८ माघ २५)

Author Image
मङ्गलवार, माघ २५, २०७८

काठमाण्डौ ।अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने अन्य प्रदेशको मौसम आंशिक बद्ली छ ।

तराईका जिल्लामा अहिले हुस्सु, कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो प्रदेश-१ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। उहाँकाअनुसार भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर पर्ने सम्भावना छ ।

विशेषगरी यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने मौसमविद् शाक्यले बताउनुभयो । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।

पर्सि भने वाग्मती, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर