Aamsanchar

मेचीनगरद्वारा दुःख व्यक्त, स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव

Author Image
मङ्गलवार, माघ २५, २०७८

मेचीनगर । झापाको मेचीनगरको दुई अलग अलग स्थानमा भएको आग्लागिका घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् स्थापन समितिको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आग्लागिमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थान ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित विपद् स्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको बैठकमा सहभागिहरुले स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा आग्रह गरेका छन् ।

वैठकले २० माघमा झापाको मेचीनगर—६ स्थित एसएस फूटवयर जुत्ता उद्योगमा भएको आग्लागिको घटनामा आगो नियन्त्रणमा सहयोग पुर्याउने काँकरभिट्टा खानेपानी तथा सरसफाइ समिति, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना छिमेकी नगर तथा गाउँपालिका, मित्रराष्ट्र भारत, वारुणयन्त्र, स्थानीय नगरवासीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ । देश कोरोना संक्रमणले थिलथिलो भएको बेला स्थानीय सरकारले निर्वाह गरेको भूमिका उल्लेखनिय भएको भन्दै प्रशंसा समेत बैठकमा सहभागीहरुले गरेका थिए ।

वैठकले नगर क्षेत्रभित्र उद्योगधन्दा, कलकारखाना एवम् अन्य ब्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने कार्यविधि तत्काल लागु गरी कार्यान्वयन गर्न गराउन मेची उद्योग वाणिज्य संघ एवम् अन्य सरोकारवालाहरुबीच थप सहकार्य एवम् समन्वय गर्ने, आग्लागिलगायत अन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वाधार निर्माण बाटोको मापदण्ड, घर नक्शा पास गर्दा आवश्यक मापदण्डलगायत अन्य प्राविधिक मापदण्डको पूर्ण पालना गर्न गराउन अझ प्रभावकारी ब्यवस्थापन मिलाउने, आग्लागिबाट हुने विपद् जोखिम न्यूनिकरण गर्न गराउन वारुणयन्त्र लाई सहज रुपमा पानी भर्न आवश्यक पर्ने ‘फायर हाइडे«न्ट’को विशेष गरेर शहरी क्षेत्रहरु (चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा र बाहुनडाँगी) मा ब्यवस्थापन गर्न गराउन तथा बिग्रिएका स्थानमा मर्मत सम्भार गर्न खानेपानी उपभोक्ता समुहहरुसँग सहकार्य समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

मेचीनगरको धुलाबारी, इटाभट्टा, काँकरभिट्टा क्षेत्रमा विपद्को समयमा पानीको आपूर्तिलाई थप सहज बनाउन पानी पोखरी निर्माण कार्यका लागि आवश्यक सहकार्य एवम् समन्वय गर्ने, आग्लागिबाट हुने विपद् जोखिम न्यूनिकरण गर्न गराउन वारुणयन्त्र लाई सहज रुपमा पानी भर्न आवश्यक पर्ने ‘फायर हाइडे«न्ट’को सञ्चालन तथा प्रयोग सम्बन्धी थप जानकारी गर्न गराउन खानेपानी उपभोक्ता समुहहरुले प्राविधिक सहयोग एवम् समन्वय गर्ने, विपद् जोखिम न्यूनिकरणका लागि विपद् ब्यवस्थापन समिति मार्फत मेची उद्योग वाणिज्य संघ, स्थानीय सुरक्षा निकाय एवम् अन्य सरोकारवाला निकायहरु बीच सहकार्य समन्वय गरी अनुगमन, निरीक्षण गर्ने ,विपद् ब्यवस्थापन सम्बन्धी कार्ययोजना बनाई सचेतनामूलक कार्यक्रम सञ्चालन को ब्यवस्था मिलाउने, वारुणयन्त्र सञ्चालन ब्यवस्थापनलाई अझ चुस्त दुरुस्त राख्ने तथा थप वारुणयन्त्रको ब्यवस्थापन गर्ने विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारीका लागि सबै सरोकारवाला निकायहरुबीच भइरहेको सहकार्य एवम समन्वयलाई थप प्रभावकारी बनाउने वैठकले निर्णय गरेको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

वैठकमा नगर प्रमुख आचार्यले आयावारीमा भएको आगलागिका घटना परी घाइते भएकाहरुको उपचार विभिन्न अस्पतालमा गरिएको र उनीहरुको खर्च नगरपालिकाले गरेको तथा मृतकलाई राहत स्वरुप रकम उपलब्ध गराएको जानकारी गराउनुभयो ।

उहाँले आग्लागिाट क्षति पुगेको उद्योगलाई नगरपालिकाकोतर्फबाट गर्नुपर्ने साथ सहयोगका बारेमा कार्यपालिकाको वैठकमा छलफल गरी सवै विषय अध्ययन गरी उपलब्ध गराउने सोच रहेको बताउनुभयो । नगरप्रमुख आचार्यले विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन र उद्योग सञ्चालन ऐन र कार्यविधि मापदण्ड कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयन भए नभएको अनुगमन गर्ने बताउनुभयो । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको दमकल खराव भएर मर्मत सम्भारकालागि पठाएको बताउनुभयो । नगरपालिकाको दमकल नभए पनि नगरप्रमुख उपप्रमुखले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर तत्काल मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बोलाइएको बताउनुभयो । साथै छिमेकी नगरपालिका, गाउँपालिकालगायत मोरङ र ईलाम जिल्लाका नगरपालिका र गाउँपालिकाबाट समेत दमकल बोलाईएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज (राजु) पोखरेल, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, मेची उद्योग बणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, सचिव रवि नेपाल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका धुलावारीका अध्यक्ष अजय घिमिरे, खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका चारआलीका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगर अध्यक्ष कुसुम कोइराला, नगरपालिकाका पूर्वाधार विकाश शाखा प्रमुख इञ्जिनियर कमल कोइराला, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की, विधेयक समिति संयोजक कुसुम चौधरी, सुशासन तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाईलगायतको बैठकमा सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 502

प्रतिक्रिया (०)

सम्बन्धित खबर