चारपाने । नेपालमा लोकप्रिय बन्न सफल सांगीतक रियालिटी सो ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा प्रथम बन्न सफल झापा विर्तामोड–२, रामचोककी कृपा पौडेललाई कृपा पौडेल जिताउ अभियनले भव्य स्वागतसहित सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।
आज (मंगलबार) कृपा पौडेल जिताउ अभियान समितिको वैठकको निर्णयबाट स्थानिय युवा टिका धितालको नेतृत्वमा माघ २७ गते भद्रपुर विमान स्थलबाट बाजागाजासहित र्याली मार्फत घर ल्याउने कार्यक्रम तय गरिएको कृपा पौडेल जिताउ अभियानका मुल समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।
विहिबार विहान ९ बजे रामचोक चौतारोमा अभियन्ता र शुभेच्छुक भेला भएर कृपालाई लिन जाने र्याली संयोजक धितालले आमसंचारलाई बताए ।
कृपालाई चद्रगढी–चारआलीे हुदै पाउँ पाथिभरा दर्शन गरेर विर्तामोड स्थित सायित्य चौतारीको टिमले स्वागत गरेपछि विर्तामोड–१ पञ्चकन्या पल्टिङ उत्तरमा रहेको झापा नाटक घरमा विहान ११ बजे संयुक्त रुपमा दर्जनौं संघ संस्थाहरुबाट स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको अभियानका सचिव माधव कल्पितले बताए ।
पौडेलको स्वागत सम्मानका लागि क्षितिज नाट्य प्रतिष्ठान, विर्तामोड वडा नम्बर–२ र १, सहारा नेपाल, आमसंचार डटकम, विर्तामोड उद्योग बाणिज्य संघ, अर्जुनधारा जलेश्वर धाम, रामचोक युवा समूह, एकता स्पोर्टिङ क्लव, विर्तामोड नगर खेलकुद विकास समिति, भागवत प्रचार प्रसार संघ, साँगवेद संस्कृत माध्यमिक विद्यालय, विवेकशिल महिला सहकारी, जनकल्याण समाज सेवा, साहित्य चौतारी, मोहनमाया माध्यमिक विद्यालय, सरगम संगीतालय, सप्तक म्यूजिक सेन्टर, क्षितिज संगीत साधना केन्द्र, राष्ट्रिय उपभोक्ता मञ्च, रोटरी क्लव अफ बिर्तामोड मिड टाउन, कञ्चनजंगा एफएम, सूर्योदय टेलिभिजन, सनराईज एफएम, विर्ताज्योती साप्ताहिक त्यसैगरी पाथीभरा एफएम, नेपाल रेडक्रस उपशाखा विर्तामोड, बालकल्याण पूर्व विद्यार्थी संगठन, हाम्रो हेप्पी परिवार, हिमाल सागर पार्टी प्यालेस, क्षितिज नाट्य प्रतिष्ठान प्रदेश -१, चारपाने–अर्जुनधारा विकास समाज, नेपाल उद्यमशिल महिला संघ झापालगायतका संघ संस्थाहरु तयार रहेको बताईएको छ ।