Aamsanchar

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली रौतहट आउँदै

Author Image
बुधवार, माघ २६, २०७८

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट आउने भएका छन् । मौलापुर नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी  महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेका हुन् । मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो । मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा  महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।

Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर