Aamsanchar

नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण

Author Image
शुक्रवार, माघ २८, २०७८

मेचीनगर। सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रवन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गर्नुभयो । उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर परियोजना सञ्चालन गर्दा आगामी दिनमा समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सरकारसँग समन्वय गरेर नाकामा अति आवश्यक संरचना निर्माणमा आफुहरुको साथ सहयोग रहने नेपालको भनाई थियो । नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका निक्कै सम्वेदनशील नाका भएकाले महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक मैत्री संरचना निर्माणमा उहाँको जोड थियो । उहाँले विशेष गरी सरसफाइमा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।

प्राप्त सामाग्रीहरुमा पीपीइ सेट ३ सय थान, डिस इन्फेकशन मेशीन १ थान, सप डिस्पेन्सर ३ थान, सप हेण्डवास रिफिल ४२ थान, सेनिटाइजर डिस्पेन्सर २ थान, इन्फेकशन एन्टीसेप्टिक सोलुसन ५० थान, आइ आर थर्मामिटर २ थानलगायत छन् । एघार प्रकारका ४ सय २५ वटा सामान नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

उपप्रमुख उप्रेतीले सामान उपलब्ध गराउने सवै संस्थाप्रति नगरपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा समेत यस्ता दातृ संस्थाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँको भनाई थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौला र नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती ले नगरपालिकाले कोभिड १९ नियन्त्रणमा खेलेको भूमिकाका बारेमा जानकारी गराउनुभयो । उहाँहरुले कोभिड १९ को पहिलो लहरमा निक्कै चूनौति भोग्नु परेको जानकारी गराउदैं तर, चूनौतीलाई अवसरका रुपमा लिएर अघि बढेको बताउनुभयो । नगरभित्र कोभिड संक्रमितहरुका लागि गरिएका उपचार पद्घति, कोभिड १९ नियन्त्रणका लागि गरिएका कार्यहरुलगायतका बारेमा टिमलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा माइती १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरे, मेची उद्योग बाणिज्य संघ महिला उपाध्यक्ष बीना तामाङ्ग, ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ प्रमुख भोलामान थापा, सेफ द चिल्ड्रेनका परियोजना संयोजक प्रज्वल खतिवडा, आसमान नेपालमा परियोजना संयोजक पुष्प पोखरेल, अशोक चौधरी, सञ्जिवकुमार शाक्यलगायतको सहभातिा रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)