Aamsanchar

झापा नाटक घरमा कृपालाइ भब्य स्वागत तथा सम्मान

Author Image
शुक्रवार, माघ २८, २०७८

विर्तामोड । सारेगमप लिटल चेम्स नेपाल की बिजेता बिर्तामोड –२ झापा निवासी कृपा पौडेललाई गृह जिल्ला झापामा भब्य स्वागत,सम्मान गरिएको छ ।

प्रतियोगितामा सहभागी ३५ हजार प्रतिष्पर्दिलाइ पछि पार्दै प्रथम बन्न सफल कृपालाई विहिबार गृह जिल्ला फर्कने क्रममा चन्द्रगढी विमानिस्थलबाटै नौमती बाजागाजा र सयौंको संख्यामा सहगागी हरुकोे समुहले भब्य स्वागत गर्दै बिर्तामोड.–१ मा निर्माणाधीन अबस्थामा रहेको प्रदेश १कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर परिसरमा पुर्याएर नागरिक सम्मान प्रदान गरिएको अभियानका सचिव तथा झापा नाटक घर निर्माण परिकल्पनाकार, अभियन्ता झापाली युवा रंगकर्मी माधब कल्पितले जनाकारी दिए ।

झापाको बिर्तामोडमा स्थापित करिव तिन दर्जन बढी सामाजिक संघ सस्थाको सहभातितामा बिर्तामोड –२का अध्यक्ष नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा कृपा जीताउ समारोह समिति नै गठन गरिएको थियो । सोहि समितिका संयोजक नगेन्द्रप्रसाद्र संग्रौलाको अध्यक्षता तथा अग्रज गायक राष्ट्रिय कलाकार सीताराम ताजपुरियाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा आफुले सम्मान ग्रहण गर्नु पुर्व कृपा पौडेलद्वारा झापा नाटक घरलाई १ धुर जमिन दान बराबरको नगद रु १०१०००÷– समुहका केन्द्रीय अध्यक्ष माधब कल्पित तथा बरिष्ठ उपाध्यक्ष हरि भण्डारीलाई प्रदान गरि कार्यक्रम को बिधिवत समुद्घाटन गरिएको थियो ।

रोटरी क्लब अफ बिर्तामोड मिट टाउनका अध्यक्ष दिनेश पोखरेलले स्वागत गर्नु भएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देबीभक्त श्रेष्ठ ,इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, कृपाका बुबा कुमार पौडेल लगायतले शुभकामना मनतब्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि सिताराम ताजपुरिया, झापाली राष्ट्रिय प्रतिभा मेनुका पौडेल र बिजेता कृपा पौडेलको बेजोड प्रस्तुतिले झापा नाटक घर तताउन सफल भएको प्रतिष्ठानकी उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिनु भएको छ ।

अभियानमा जोडिएका तिन दर्जन बढी संस्थाको तर्फबाट सामुहिक सम्मान पत्र द्वारा कृपा पौडेललाई सम्मान गरिएको उक्त कार्यक्रमको सञ्चालन अभियानका सचिव माधब कल्पितले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर