Aamsanchar

प्रदेश १ कोरोना अपडेट (२०७८ माघ २८)

Author Image
शुक्रवार, माघ २८, २०७८


विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, ताप्लेजुङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा ४, बेलबारी र कानेपोखरीमा ३–३, रतुवामाई र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ६, धरानमा ३, रामधुनी, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, बाहृदशी, हल्दिबारी, कनकाई, गौरीगञ्ज, बुद्धशान्ति, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिका, छथरजोरपाटी र पाख्रिबासमा १–१, तेहृथुमको फेदाप र आठराईमा १–१, उदयपुरको त्रियुगामा २, इलामको इलाम नगरपालिका, ताप्लेजुङको श्रीजंगा र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३५ महिला र १४९ पुरुष संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार ९८६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)