Aamsanchar

मेचीनगरपालिकाले दमकल नबनाएको भन्दै स्थानियहरु आन्दोलित

Author Image
आइतवार, फागुन १, २०७८

काँकडभिट्टामा नगरपालिको विरोधमा सडक जाम गरेर बसेका स्थानियहरु । फोटो : नवराज सुवेदी

मेचीनगर । आपतकालिन दैविक प्रकोपमा प्रयोग गरिने बारुण यन्त्र (दमकल)  झापाको मेचीनगर नगरपालिकाले लामो समय देखि  मर्मत नगर्दा केही दिन देखि मेचीनगरमा लगातार आगलागीका घटनामा नगरपालिको दमक अभाव खड्किएको छ ।   समयमा आगलागी नियन्त्रण गरेर ठुलो धनजनको नोक्सान हुनबाट बचाउन सकिन्थ्यो तर यस विषयमा नगरपालिकाले दमकललाई चालु अवस्थामा नराखेको भन्दै स्थानियले नगरपालिका गम्भिर नबनेको भन्दै  काँकडभिट्टामा आज मुख्य राजमार्ग बन्द गरेर नगरपालिको विरोध गरेका छन् ।

आइतबारमात्र मेचीनगर ६ का दुईवटा घर जलेका ध्वस्त भएका छन् । आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भए । तर आगो निभाउन मेचीनगरको दमकल घटनास्थल पुगेन। सोही कारणले स्थानीयबासी आक्रोशित भएका हुन्। मेचीनगरको दमकल एक महिनादेखि बिग्रेर ग्यारेजमा छ ।

यस अघि मेचीनगरमै जुत्ता कारखाना र चाउचाउ उद्योगमा आगलागी भएको थियो । त्याहाँ पनि दमकलको विषयलाई लिएर मेचीनगर पालिको चर्को आलोचना भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर