Aamsanchar

जनता आधारभूत विद्यालयमा गंगा–मिना अक्षयकोष स्थापनार्थ दुईलाख रकम हस्तान्तरण

Author Image
सोमवार, फागुन २, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेका स्व. गंगाबहादुर बस्नेत र उहाँकी ९० बर्षिया धर्मपत्नी मिना बस्नेतको नाममा गंगा–मिना अक्षयकोष स्थापनानार्थ इलाम–१ साखेजुङको जनता आधारभूत विद्यालयलाई दुई लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।

आज चारपाने स्थित बस्नेत निजी निवासमा विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतलाई अक्षयकोष दाता मिना बस्नेत, छोराहरु रमेश बस्नेत, भुविक्रम बस्नेतलगायत बस्नेत परिवारले उक्त रकम हस्तान्तण गरेका हुन् ।

स्व. गंगा बस्नेत जन्मेको हुर्केको र सो विद्यायको प्रधानाध्याक भएर शिक्षा सेवा पनि गरेका थिए ।

‘बुवाले आफ्नो जीवनकालमै विद्यालयमा अक्षयकोष स्थापना गर्ने भन्दा भन्दै २०७४ सालमा बुवा गंगा बस्नेतको निधन भएपछि उहाँको इच्छा अधुरै रहेको थियो ।’ आज बुवाको स्मृतिमा अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको स्व. बस्नेतका जेठा छोरा रमेश बस्नेतले बताए ।

२००४ सालमा स्थापना भएको विद्यालय हाल सम्म पनि आधारभूत सम्म मात्रै अध्यापन हुदै आएको छ । हाल एक सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेका छन् । धेरै विपन्न वर्गका छोरीछोरीहरु अध्यनरत छन् । ति विद्यार्थीहरु मध्ये जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने गरी अक्षय कोषबाट प्राप्त ब्याजबाट बार्षिक रुपमा कार्यक्रम गरेर छात्रवृत्ती प्रदान गरिने बस्नेतका कान्छा छोरा भुविक्रम बस्नेतले बताए ।

रकम बुझदै प्रधानाध्यापक बस्नेतले भने ‘गंगा बस्नेत परिवारले अक्षयकोषका लागि रकम हस्तान्तरण गर्दा विद्यालयमा उर्जा थपिएको छ । सालेजुङमा बस्नेत परिवारको ईतिहास अझ उजागर भएको छ । विद्यालयमा खेल मैदानको अभाव रहेको छ, विद्यालय वरिपरी बस्नेत परिवारको जग्गा रहेकाले खेल मैदानको लागि पनि जग्गा सहयोगको भए राम्रो हुने थियो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 586

प्रतिक्रिया (०)