

दाङ – दाङकाे देउखुरीमा टिपरको ठक्करबाट एक महिलाकाे ज्यान गएकाे छ । राप्ती गाउँपालिका-१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका-२ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

साइकलमा दूध बेच्न भालुबाङ हिँडेकी महिलालाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन्।


दोषीलाई कडाभन्दा कडा कारबाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको हाे ।
Views: 355

