Aamsanchar

माईखोलामा डुबेर ९ वर्षीया बालिकाको मृत्यु

Author Image
मङ्गलवार, फागुन ३, २०७८

इलाम- इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई-४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन् । साेमबार बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।

Views: 463

प्रतिक्रिया (०)

सम्बन्धित खबर