Aamsanchar

साउदीबाट एक वर्षमा ३४ महिलाको उद्धार

Author Image
मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।

साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो ।

यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८ लाख २३ हजार साउदी रियाल अर्थात् झण्डै अढाई करोड रुपैयाँ रकम अस्पतालबाट माफ गराएको छ ।

दूतावासका  अनुसार उहाँलाई अस्पतालमा तिर्न पर्ने रकम माफ गराइ नेपाल पठाइएको छ । वेदबहादुर अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन्न पाउनुभएको थिएन ।

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर