Aamsanchar

बिर्तामोडका नामगेलको साँगितिक यात्रा, रेष्टुरेन्ट, स्टेज, कभर भिडियो हुदै नेपाल आइडलको मञ्च सम्म

Author Image
मङ्गलवार, फागुन ३, २०७८

बिर्तामोड । चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ठ ८ मा पुग्न सफल झापा बिर्तामोडका नामगेल तामाङलाई जिताउन ‘नामगेल जिताउँ अभियानले भोट अपील गरेको छ ।
आज बिर्तामोड स्थित अमृतभोगमा अभियानका संयोजक जोनी योनजनको अध्यक्षतामा अयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ‘नामगेल जिताउँ अभियान’ समितिले देश विदेशमा रहने संगीत प्रेमी समक्ष भोट अपील गरेको हो ।

बुवा जीवनकुमार तामाङ र आमा गीता तामाङको एक मात्र सन्तानको रुपमा रहेका नामगेल हुने बिरुवाको चिल्लोपात भने झै सानै उमेरदेखि संगीत क्षेत्रमा आवद्ध रहेर नेपाली संगीत आयाममा ईटा थप्ने काम गर्दै आएका एक प्रतिभाशाली युवा हुँन ।

झापाका विभिन्न होटल र स्टेजहरुमा गायन प्रस्तुत गरेर आफ्नो अध्ययन र परिवारको खर्च समेत जुटाउदै आएका नामगेलले धेरै कभर गित पनि बनाएका छन् । उनको अभर भिडियो लाखौंले हेरिसकेका छन् । जादुमयी संगीतकलाका कारण तमाम संगीतप्रेमीहरुको मनमा बस्न सफल बनेका झापा बिर्तामोडका नामगेल तामाङ यतीबेला नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको उत्कृष्ठ ८ मा पुग्न सफल बने पछि उनको चर्चा अझ चुलिदै गएको छ ।

बिर्तामोडको कञ्चनजंघा स्कुलबाट एसईई उत्रिण गरेका नामगेल पढाईमा पनि अब्बल रहेका छन् । हाल आदर्श स्कुल अफ मेनेजमेन्ट (निधी) कलेजमा कक्षा १२ मा मेनेजमेन्ट विषय लिएर अध्ययन गर्दै आएका छन् ।

सुमधुर स्वर, शालिन व्यक्तित्व भएका नामगेल नेपाल आईडलको यात्रामा आफ्नो क्षमता र प्रतिभाका कारण आठौं स्थान सम्म आउन सफल बनेका छन् । तर नेपाल आईडलको नीति अनुसार उनको अबको यात्रा भोटले मात्र तय गर्ने भएको छ ।

नामगेललाई भोट गर्नको लागि उनको भोटिङ कोड ०७ टाईप गरेर ३७००० मा म्यासेज, सृष्टी एप्सबाट सशुल्क र सेल्पेबाट निशुल्क भोट गर्न सकिने अभियानका संयोजक जोनी योनजनले बताए ।

सामान्य परिवारका तामाङ प्रतिभा भएर पनि भोटका कारण पछिपर्नु पर्ने अवस्था आउन सक्ने सम्भावना रहने भन्दै नामगेललाई अझ अगाडी बढाउन भोटको महत्वपूर्ण भूमिका रहने भएकाले नामगेललाई जिताउन ‘नामगेल जिताउँ अभियन समितिले सबैमा भोट गरिदिन र भोटका लागि आर्थिक सहयोग गरिदिन समुदायमा अपील छ ।

नामगेलले नेपाल आईडलमा यसरी प्रस्तुती दिदै आएका छन् ।

‘बिर्तामोडको सरगम संगीतालयमा संगीत सिकेका नामगेलको संगीत प्रतिको झुकाव र संगीतलाई आफ्नो भविस्य र समाजकालागि पनि समर्पित गर्ने लक्ष्य रहेको छ, उनलाई जीताउनु भनेको संगीत क्षेत्रमा बहुँ प्रतिभा भएको एक कलाकारको जन्म दिनु हो, उनमा संगीत क्षेत्रका सबैखाले गीत गाउन सक्ने प्रतिभा रहेको छ’ नामगेलका संगीत गुरु दिपक रायमाझीले बताए ।

कभर गीतमा नामगेलको यस्तो रहेको छ आवाज ।

पत्रकार भेटघाट कार्यक्रममा विगतका दिनलाई सम्झदै नामगेलकी आमा गीता तामाङले भनिन ‘सानै उमेरदेखि छोराको इच्छा संगीत सिक्ने थियो, तर सामान्य गितार सम्म किनिदिन सक्ने अवस्था नभएर ऋण काढेर सिलीगुडीबाट ८ हजारमा गितार किनेर ल्याई दिएको थिए । आज छोराले संगीत क्षेत्रमा गरेको प्रगतीले मनमा खुसी छाएको छ, तर उही आर्थिक अभावकै कारणले छोरालाई नेपाल आईडलको यात्रामा अघि बढाउन सक्ने अवस्था छैन् । छोरालाई भोट गरेर र भोटको लागि सानो सानो रकम सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।’

कार्यक्रममा अभियानका सदस्य आशिष बुढाथोकी, लोकेश अधिकारी, ताजी राई, गोविन्दप्रसाद भट्टराईलगायतले पनि भोट अपील गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर