Aamsanchar

एनआरएनए को निर्वाचन कार्यतालिका सार्वजनिक, मनोनयन दस्तुर १० लाख सम्म

Author Image
बुधवार, फागुन ४, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४, अन्तिम नामावली प्रकाशित मार्च ३ मा प्रकाशित गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र दर्ता मार्च ४ मा हुनेछ भने उम्मेदवारको अन्तिम नामावली मार्च १२ मा प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान मार्च २१ र २२ मा हुनेछ । त्यसपछि मतगणना भएर मत परिणामको प्रक्रिया सुरु हुनेछ ।

निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउन अध्यक्ष पदमा १० लाख तिर्नुपर्नेछ भने उपाध्यक्षका लागि ७ लाख महासचिवका लागि ६ लाख, सचिवका लागि ५ लाख शुल्क तोकिएको छ । एनआरएनएको निर्वाचनपछि चैत १२ र १३ गते वार्षिक साधारण सभा हुने तय भएको छ । एनआरएनएमा अध्यक्ष १, उपाध्यक्ष ४, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, सचिव ३, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला सह कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६, क्षेत्रीय उपसंयोजक ६, क्षेत्रीय महिला संयोजक ६, क्षेत्रीय युवा संयोजक ६, क्षेत्रीय महिला उपसंयोजक ६, क्षेत्रीय युवा उपसंयोजक ६ जनालगायत गरी जम्मा कम्तिमा ५३ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

एनआरएनए भित्र प्रतिनिधिलगायतका विषयमा भने अझैसम्म सहमति भइसकेको छैन । सहमति जुटाउनका लागि शेष घले नेतृत्वको समिति प्रयासरत रहेको छ।

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर